समाचारमंगलबार, जेठ १८, २०७३
संविधान कार्यान्वयनमा दलीय सहमतिः सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दलबीच सहमति हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन, बाँकेले गरेको पत्रकार सम्मेलनमा उनले भने, “संविधान कार्यान्वयन भएपछि मुलुकको राजनीतिक असहजता पनि विस्तारै हट्दै जान्छ ।”
मधेशवादी राजनीतिक दललाई सहमतिमा ल्याउन सरकारले वार्ताको वातावरण बनाउनुपर्ने उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
