समाचारमंगलबार, जेठ १८, २०७३
सरकार कसैले डग्मगाउन सक्दैनः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई तत्काल कसैले डग्मगाउन नसक्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आउने चुनावमा एमालेले बहुमत ल्याएपछि गठबन्धन सरकार निर्माणको श्रृङ्खला सकिने बताए ।
संविधानसभाको दोस्रो निर्वाचनदेखि नै आफ्नो पार्टीले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिँदै आएको घटना स्मरण गराउँदै उनले नेपाली कांग्रेसले लोकतन्त्रमा सहमतिका आधारमा होइन, प्रतिपक्षको भूमिका हुनुपर्छ भनेर जोड दिएकाले सहमति बन्न नसकेको बताए ।
अनौठो र अनुपयुक्त ढङ्गबाट सबैभन्दा ठूलो पार्टी कांग्रेसको प्रतिपक्षमा बस्ने निर्णयले सहमति नमान्ने र भत्काउने काम भएको प्रधानमन्त्री ओलीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
