समाचारबुधबार, जेठ १९, २०७३
देशभर कर्मचारी ट्रेड युनियनको निर्वाचन हुँदै
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन बिहान ९ बजेदेखि सुरु भएको छ ।
प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले देशभर बिहान ९ बजेदेखि निर्वाचन सुरु भएको बताए । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा एक हजार ६०३ कर्मचारी र एक हजार २१५ सुरक्षाकर्मी खटिनेछन् ।
कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन साँझ ५ बजेसम्म चल्नेछ । यसैबीच, सरकारले निजामती कर्मचारीलाई आज सार्वजनिक बिदासमेत दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
