समाचारबुधबार, जेठ १९, २०७३

वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्यमा सुधार

हिमालखबर

वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।

खाने नलीमा समस्या बढेपछि उनलाई गत सोमबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।

उनका छोरा राजु गुरुङले भने, “बुवाको खाने नलीमा पाइप (वाल स्टेन) राखिएको थियो । त्यसमा खानेकुरा जमेर नली बन्द भएपछि समस्या आएको हिजो नली सफा गरेपछि सामान्य सुधार आएको छ ।”

अस्पतालले गुरुङलाई अझ केही दिन अस्पतालमै राखेर उपचार गरिने जनाएको छ ।

वरिष्ठ सङ्गीतकार गुरुङलाई दुई महिना अघि नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा खानेनलीमा पलाएको टुयुमरका उपचार गरी नेपाल ल्याइएको थियो । उनलाई ‘पार्किन्सन’को पनि समस्या छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>