समाचारबुधबार, जेठ १९, २०७३
कपिलवस्तुमा वनका कर्मचारीमाथि गोली प्रहार
कपिलवस्तुको कपिलवस्तु साझेदारी वनको पश्चिमी क्षेत्रमा वन हेरालु जगन्नाथ थारुमाथि गोली प्रहार भएको छ ।
दायाँ आँखा छेउमा गोली लागेका उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएको छ ।
उनलाई वनक्षेत्रमा तस्करी गर्न आएको तस्कर समूहले गोली हानेको अनुमान गरिएको छ ।
जिल्ला वन अधिकृत राकेश कर्णले सुरक्षा निकाय समन्वय गरी गोली हान्नेको खोजी भइरहेको बताएका छन् ।
-गोपाल भण्डारी, कपिलवस्तु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
