समाचारबुधबार, जेठ १९, २०७३

ट्याक्टर दुर्घटनामा पाँचजनाको मृत्यु

हिमालखबर

ओखलढुङ्गाको फुलबारी गाविसमा ट्याक्टर दुर्घटना हुँदा चार स्कुले किशोरसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

स्वास्थ चौकीको सामान लिएर चिप्लेघोडाखरीबाट बिलन्दु जाँदै गरेको ना ५ त २५१२ नम्बरको ट्याक्टर फुलबारी गाविस–५ मा आज दिउँसो करिब ४:३० बजे दुर्घटना हुँदा ट्याक्टरमा सवार खोटाङ च्यास्मिटार–५ का ३५ वर्षीय हिरीबहादुर राई, ओखलढुङ्गा बिलन्दु गाविस–५ का १५ वर्षीय विष्णु बराल, सोही ठाउका १५ वर्षीय मिलन घिमिरे, १५ वर्षीय अमिर घिमिरे र फुलबारी गाविस–५ का १४ वर्षीय मनिष खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक टीका कार्कीले जानकारी दिए ।

उनका अनुसार मृतकमध्ये चारजना स्थानीय ज्ञानप्रकाश उच्चमावि चिप्लेघोडाखरीका विद्यार्थी हुन् । उनीहरु उक्त ट्याक्टरमा विद्यालयबाट घर फर्कदै थिए ।

दुर्घटनामा परी फुलबारी–४ का ट्याक्टरका सहचालक २० वर्षीय प्रेम थापा गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । दुर्घटनापछि ट्याक्टरका चालक फरार छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>