थप समाचारबिहीबार, जेठ २०, २०७३
चन्द माओवादीद्वारा आगजानी
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले बाँकेको राँझा–जमुनहा फोरलेन सडक निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सन कम्पनीकोे जेसीबीमाथि आगजनी गरेको छ ।
कम्पनीले सडकको काम गुणस्तरहिन भएको भन्दै माओवादीले आगजानी गरेको छ । आगजनीबाट जेसीबीमा सामान्य क्षति पुगेको छ ।
सडक निर्माण गैरजिम्मेवार र गुणस्तरहीन भएको विषयलाई लिएर चेतावनी स्वरुप पहिलो चरणको कार्बाही गरिएको माओवादीले जनाएको छ । राष्ट्रिय युवा जनस्वयम्सेवकका भेरी ब्यूरो इन्चार्ज बलबहादुर मल्लले गुणस्तरहिन सडक निर्माण गरेकाले आगजनी गरिएको जनाए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता भीमकिरण बोगटीले नेपालगञ्ज–१३, आदर्शनगरमा पार्किङ गरी राखिएको जेसीबीमा आगजनी भएको बताए ।
–केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>