समाचारबिहीबार, जेठ २०, २०७३
सामाजिक सुरक्षा विकास समितिमा लोहनी
सरकारले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा.गुणराज लोहनीलाई तोक्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालय न्तर्गतको समितिमा खुल्ला प्रतिस्पर्धाबाट छनोट नभएसम्मका लागि डा.लाेहनीलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताए ।
बैठकमा नेपाली सेनाका अधिकृतहरुको कायम मुकायम गर्ने र केही पदावधि थप गर्ने विषयबारे पनि सामान्य छलफल भएको थियो ।
बैठकका थोरै मात्र अजेन्डा रहेको र नेकपा माओवादी केन्द्र सम्बद्ध मन्त्रीहरु पोलिटब्युरो बैठकका कारण अनुपस्थित रहेकाले अन्य महत्वपूर्ण निर्णय नभएको सञ्चारमन्त्री राईले बताए ।
वार्ताबाटै मधेशी मोर्चासहितका दलका मागलाई सम्बोधन गर्न अहिले पनि सरकार तयार रहेको भन्दै मोर्चाभित्रैबाट सहमति जुटाएर वार्तामा आउन पुनः आग्रह गरिएको उनले बताए ।