समाचारबिहीबार, जेठ २०, २०७३

माओवादी केन्द्रीय समितिकाे संख्या हजार नाघ्याे

हिमालखबर

नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन आयोजक समिति हालसम्मकै ठूलो बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्युरो बैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको हो । बैठकले ९९९ जना मनोनयन गरेको छ भने बाँकी रहेका एक सय जना भने आगामी दिनमा थपिने माओवादी केन्द्रले जनाएको छ ।

पार्टी एकता प्रक्रियामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र नयाँ शक्ति अभियानको ठूलो हिस्सा समावेश हुने भन्दै महाधिवेशन आयोजक समितिमा थप एक सय सदस्य खाली राखिएको माओवादीले जनाएको छ ।

यस्तै, बैठकले ८५ सदस्यीय स्थायी समिति बनाएको छ भने २५५ सदस्यीय पोलिटब्युरो बनाइएको प्रवक्ता पम्फा भुसालले बताइन् । १९ जेठमा बसेको केन्द्रीय कार्यालयको बैठकले स्थायी समिति ७५ सदस्यीय बनाउने निर्णय गरेको थियो ।

“यो समिति महाधिवेशनसम्मका लागि हो । महाधिवेशनमा अध्यक्षदेखि सबै सदस्य निर्वाचित हुनुपर्ने भएकाले हाल ठूलो वा सानो हुनुले केही प्रभाव पार्दैन’’, प्रवक्ता भुसालले भनिन् ।

बैठकमा केही नेताले भने महाधिवेशन आयोजक समिति ठूलो बनाउन नहुने धारणा राखेका थिए । बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम चलाउने र पार्टीको एकता प्रक्रियालाई जनस्तरसम्म पुर्‌याउने निर्णयसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>