थप समाचारशुक्रबार, जेठ २१, २०७३

चन्द माओवादीले अाह्वान गरेको बन्दले जनजीवन प्रभावित

हिमालखबर

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दले चितवनको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ ।

बन्दका कारण छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने लामो दूरीका सवारीलाई प्रहरीले सुरक्षित गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले नारायणगढको पुल्चोक, लोथर र कुरिनटार क्षेत्रबाट एस्कर्टिङ गरेर जिल्लाबाट सुरक्षित आवागमन गराइएको बताए ।
बन्दका कारण यहाँका शैक्षिक संस्था, कलकारखाना, व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बजार बन्द भएको छ भने भित्री बजार भने आंशिकरुपमा खुलेका छन् ।

माओवादीले झापा, जुम्ला र धादिङमा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको विरोधमा पश्चिम ताम्सालिङ, मेची र कर्णाली प्रदेश बन्द आह्वान गरिएको माओवादीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>