समाचारशुक्रबार, जेठ २१, २०७३
भद्र सहमतिबारे जानकारी छैनः उपप्रधानमन्त्री थापा
राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले तत्कालीन एमाओवादीसँग तीन बुँदे सहमति भएकोबारे जानकारी नभएको बताएका छन् ।
विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले भने, “तीनबुँदे वा भद्र सहमतिको विषयमा आफू र आफ्ना पार्टीलाई कुनै जानकारी छैन, प्रधानमन्त्रीले मन्त्रिपरिषद् र सार्वजनिकस्थलमा पटक पटक त्यस्तो सहमति नभएको सम्बन्धमा प्रष्ट पार्नुभएको छ ।”
उनले सरकारको स्थायित्वमाथि कुनै प्रश्नचिह्न नरहेकाले तत्काल सरकार परिवर्तन नहुने बताए । राष्ट्रिय सहमतिको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बारम्बार भन्दै आइरहेकाले त्यही प्रसङ्गलाई जोड्दै सरकार परिवर्तनको विषयमा बढी हल्ला र चर्चा परिचर्चा भइरहेको थापाले बताए ।
मुलुकको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धनको सरकार आवश्यक रहेको चर्चा गर्दै उनले आगामी निर्वाचनसम्म वर्तमान सरकारलाई टिकाइराख्नु पर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
