खेलकुदशुक्रबार, जेठ २१, २०७३

यु–१७ क्रिकेट लिग कोहलपुरमा शुरु

हिमालखबर

प्रतियोगिताको उदघाटन गर्दै कोहलपुर नगरविकास समिति अध्यक्ष लक्ष्मणराज पौडेल

प्रतियोगिताको उदघाटन गर्दै कोहलपुर नगरविकास समिति अध्यक्ष लक्ष्मणराज पौडेल

मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा १७ बर्ष मुनिको टि–२० क्रिकेट लिग २१ जेठदेखि कोहलपुरमा शुरु भएको छ ।

प्रतियोगितामा विभिन्न जिल्लाका ६ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा माछागढ क्रिकेट क्लब बर्दियाले जाजरकोट क्रिकेट क्लबलाई हराएको छ ।

टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको माछागढले जाजरकोट क्रिकेट क्लबलाई ११ रनले पछि पार्दै विजयी भएको हो ।

माछागढले १३.२ ओभरमा सबै विकेट गुमाई ७५ रन बनाउन सफल भएको थियो । यस्तै जाजरकोटले भने १४.५ ओभर खेल्दै सबै विकेट गुमाई ६४ रनमै सीमित हुन पुग्यो ।

प्रतियोगितामा विजयी हुने टिमले रु ५१ हजार र उपविजेताले रु २१ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
केशव राना,बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...