समाचारशुक्रबार, जेठ २१, २०७३
छिट्टै राष्ट्रिय सहमतिको सरकारः दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छिट्टै कांग्रेस, एमाले र मधेशकेन्द्रित दलहरुसहितको राष्ट्रिय एकताको सरकार गठन हुने दाबी गरेका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा नेकपा माओवादी केन्द्र दोलखाको चौथो सम्मेलन उद्घाटन गर्दै उनले भने, “कांग्रेसले जेसुकै गरोस् भनेर हुँदैन, कांग्रेस यो देशको ठूलो र एक तिहाइ जनमत भएको शक्ति हो ।”
अध्यक्ष दाहालले राष्ट्रिय एकताको आवश्यकता भएको बताउँदै देशका सबै समस्या राष्ट्रिय एकताबाट हल गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा केन्द्रका नेता लिलामणि पोखरेल र मातृका यादवलगायतले पार्टीलाई विस्तार गरेर पहिलो पार्टी बनाउने दावी गरे । उनीहरुले राष्ट्रिय सहमतिको सरकार बनेपछि आफूहरुले भूकम्पपीडित जनताका लागि अनुदान वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
