थप समाचारशुक्रबार, जेठ २१, २०७३

एसएलसी रिजल्ट असारमा

हिमालखबर

परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी) को परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ ।

कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रीले असारको १० गतेभित्रमा नतिजा निकाल्ने तयारीका साथ काम गरिरहेको बताएका छन् ।

उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्ताङक भर्ने कार्य भइरहेको छ । “अहिलेसम्म ७० प्रतिशत तथ्याङ्क भर्ने काम सकिएको छ” उनले भने– “अब ३० प्रतिशत मात्र बाकी छ । त्यो काम पाँचदेखि सात दिनभित्रमा सकिन्छ ।”

पनिकाले यस वर्षदेखि प्राप्ताङ नम्बर नभएर अक्षराङ्कन प्रणाली (ग्रेडिङ)मा परीक्षाफल प्रकाशित गर्दैछ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए ।

उनका अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ए प्लस, ८० देखि ९० प्रतिशत ए, ७० देखि ८० प्रतिशत बी प्लस, ६० देखि ७० प्रतिशत बी, ५० देखि ६० प्रतिशत सी प्लस,४० देखि ५० प्रतिशत सी, ३० देखि ४० डी प्लस, २० देखि ३० डी र २० देखि १० प्रतिशत ल्याउनेलाई इ अक्षराङ्कनमा राखिएको छ ।

परीक्षामा नियमित र एक्जाम्टेडतर्फ ६ लाख १२२ जना सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ चार लाख ४० हजार ६४९ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४७३ परीक्षार्थी सहभागी भएका थिए । चैत १८ गतेबाट शुरु भएको परीक्षामा प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>