समाचारशनिबार, जेठ २२, २०७३
संविधान कार्यान्वयन गर्न राष्ट्रिय सरकारः दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन्।
रामेछापको मन्थलीमा कार्यकर्तासँगको भेटघाटमा उनले सरकार बनाउने र गिराउनेभन्दा पनि राष्ट्रिय एकता कायम गरेर संविधान कार्यान्वयन गराउने कुरा महत्वपूर्ण भएको बताए ।
दाहालले भने, “संविधानप्रति मधेशी, थारुलगायत अन्य समुदायले राख्दै आएका असन्तुष्टि र उनीहरुको माग पूरा गर्न पनि राष्ट्रिय सहमतिको विकल्प छैन ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
