समाचारशनिबार, जेठ २२, २०७३

राष्ट्रिय राजनीतिबारे एमाले स्थायी समितिमा बहस

हिमालखबर

umlदलभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा ९एमाले० को स्थायी समिति बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक मुलुकको पछिल्लो राजनीतिक परिस्थितिसँगै दलभित्रको असन्तुष्टिलाई किनारा लगाउन केन्द्रित छ ।

खासगरी प्रमुख सत्ता सझेदार नेकपा (माओवादी केन्द्र)ले सरकार परिवर्तनको विषय उठाइरहेको र उक्त विषयमा दलभित्रैबाट पनि मतमतान्तर देखिएकाले स्थायी समिति मार्फत टुङ्गो लगाउन प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

एमालेले सत्ता साझेदार केन्द्रसँग करिब एक महिनाअघि सरकार परिवर्तनका लागि भएको भनिएको ‘तीनबुँदे भद्र सहमति’लाई लिएर दुवै दलभित्र खटपट चलिरहेको छ । एमालेका जिम्मेवार नेताहरुले नै उक्त विषयलाई सतहमा ल्याएपछि पार्टीभित्र विवाद चुलिएको बताइन्छ ।

वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षधर नेताले सार्वजनिक रुपमै सरकार परिवर्तनबारे अभिव्यक्ति दिँदै आएका छन् भने अध्यक्ष ओली पक्षधर नेता भने त्यसको बचाउ गर्दै अहिलेको परिस्थितिमा यही सरकारलाई निरन्तरता दिनुपर्ने रटानमा छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>