समाचारशनिबार, जेठ २२, २०७३
सहकारीमा ठगी रोक्न विधयेकः उपप्रधानमन्त्री केसी
उपप्रधान, सहकारी तथा गरिबी निवारण चित्रबहादुर केसीले सहकारीले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर काम गरेको भन्दै सहकारी ऐन–२०७२, ल्याउन लागिएको बताएका छन् ।
उनले भने, “सहकारीको नाममा करौँडौँ ठगी गरेको हुनाले विद्येयक प्रस्ताव अगाडि बढाएको हुँ ।”
उनले देशभर ३३ हजार ७०० सहकारी रहेकाले नयाँ समय र नयाँ परिस्थितिलाई मध्यनजर गरी उक्त ऐन ल्याएको स्पष्ट पारे । उपप्रधानमन्त्री केसीले सहकारीको अन्तर्राष्ट्रिय मुल्य मान्यतालाई ध्यान राखेर अगाडि बढेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
