समाचारशनिबार, जेठ २२, २०७३
रातो किताब मागेर संसद अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका कारण व्यवस्थापिका–संसद् बैठक स्थगन भएको छ ।
सरकारले प्रस्तुत गरेको आव २०७३/ ७४ को बजेटसम्बन्धी भाग १ रातो किताब वितरण नगरिएकामा आपत्ति जनाउँदै सदन चल्न नदिने अडान लिएपछि सभामुख ओनसरी घर्तीले २२ जेठका लागि बोलाइएको बैठक आधा घन्टाका लागि स्थगन गरेकी हुन ।
प्रमुख प्रतिपक्ष दलका सांसदले बैठकमा बजेटमा समावेश आयोजना र कार्यक्रम रातारात फेरबदल भएको आरोप लगाउँदै आआफनो स्थानबाट उठेर विरोध जनाएका थिए । बैठकमा काँग्रेसका वीरबहादुर बलायरले आगामी आवकोे विनियोजन बजेट र योजना समेटिएको भाग १ रातो किताब नबाँडिएकामा आपत्ति व्यक्त गर्दै रातो किताबमा रातारात किताब फेरबदल गरिएको भन्दै आपत्ति व्यक्त गरे ।
सांसद बलायरको भनाइपछि योजना आयोगबाट पुस्तिका प्राप्त भए पनि केही कुरा सच्याउनुपर्ने भनेकाले समय लागेको सभामुखले बैठकमा जानकारी दिए ।
मोर्चाका तर्फबाट ध्यानाकर्षण
यसअघि बैठकको प्रारम्भमा मधेसी मोर्चाका लक्ष्मणलाल कर्णले लामो समयदेखि मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकार र सदनले पनि कुनै चासो नराखेको गुनासो गरे । सदनको बैठकको कार्यसूचीमा समेत आफूहरुका लागि समय छुट्याइएको नदेखिएको बताए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
