समाचारशनिबार, जेठ २२, २०७३
टुँडिखेलमा उधौली उत्सव (६ तस्वीर)
विभिन्न जिल्लाबाट आएर काठमाडौँ बसेका किराँतीहरुले काठमाडौं टुँडिखेलमा साकेला नाचेका छन् । प्रकृति पूजक किराँतीहरुले २२ जेठमा गीतको तालमा ढोल बजाउँदै समूहिक नृत्य गरेका हुन ।
गर्मी महिनामा सर्वसाधारण मानिस तथा विभिन्न जीवजीवात्मा, चराचुरुङ्गीले शीतलताका लागि उँधो/उँधो बासस्थान परिवर्तन गर्ने भएकाले उधौली तथा बिरुवा पलाउने तथा टुसाउने समयमा उभौली नाच नाचिन्छ ।
किराँत समुदायले बालीनाली राम्रो होस्, अतिवृष्टि, अनावृष्टि भई अनिकाल नहोस् भनी यस्तो नाच गर्ने गर्छ ।
किराँत राई यायोक्खाका उपाध्यक्ष दिवस राईले उक्त नाचको उद्घाटन गर्दै प्रथम किराँती राजा यलम्बरदेखि ३२ पुस्तासम्म काठमाडौँमा शासन गरेका किराँत वंशको अहिले ऐतिहासिक परम्परा हराउँदै गएको बताए ।रासस
तस्बिरहरु:रोशन सापकोटा/रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
