Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किए - Himalkhabar.com

थप समाचारआइतबार, जेठ २३, २०७३

पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किए

हिमालखबर

ex_king१७ दिनको दमक बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह २३ जेठमा राजधानी फर्किएका छन् ।

७ जेठमा बिराटनगर हुँदै दमक आइपुगेका उनले यहाँको बसाईका क्रममा पञ्चायत पृष्ठभूमिका स्थानीय, राप्रपा नेपालका नेता र बगान मजदुरहरुसँग भेटघाट गरेका थिए ।

भेट्न आएका कतिपयले पूर्वराजालाई राजनीतिक सक्रियता बढाउन अनुरोध गरेको, केहीले हिमानी ट्रष्टको शाखा विस्तार गर्ने इच्छा देखाएको र केहीले भने आर्थिक सहयोग समेत मागेको बुझिएको छ ।

पूर्वराजा शाहले अरुका कुरा सुन्ने तर आफू भने मौन रहने गरेको भेटघाटका एक सहभागीले बताए ।

काठमाडौं फर्किनु अघिल्लो दिन उनले चियाबगानका मजदुरहरुलाई भेटेर बगानको अवस्थाबारे जानकारी लिएका थिए ।

मजदुरहरुले करिव दुई पुस्तादेखि आफूहरु उक्त बगानम काम गरिरहेको बताँउदै बसोबासको लागि जग्गा उपलब्ध गराइदिन अनुरोध गरेका थिए ।

“बगान कम्पनी अन्तरगत छ, म अहिले चाहेर पनि जग्गा दिन सक्दिन,” पुर्वराजालाई उद्धृत गर्दै भेटमा संलग्न एकजना मजदुरले भने, “तर म तपाईहरुको माग कम्पनीमा पुर्‍याँउछु भन्नुभयो ।”

बगानमा ३१५ मजदुर कार्यरत छन् । कुनै समय उदय चिया उत्पादन गरेको सो बगानले हाल बिना ब्राण्डको चिया उत्पादन तथा बिक्री गरिरहेको छ ।

तात्कालीन राजा महेन्द्रले २०१८ सालमा भाई हिमालयको नाममा स्थापना गरेको पश्चिम झापाको दमक—१५ स्थित हिमालय चियाबगान हिमालयको निधनपछि तत्कालीन अधिराजकुमार एवम् पूर्वराजा शाहको स्वामित्वमा छ ।

५७६ बिगाहमा फैलिएको यो बगानभित्रै रहेको दरबारमा शाह वर्षेनी आएर केही समय विताउने गर्छन् । यसअघि सपरिवार आउने शाहसँग यसपाली भने सचिवालयका कर्मचारीहरु मात्रै थिए ।

उनी आज बिहान ११ः४५ बजे भद्रपुर बिमानस्थलबाट काठमाडौका लागि प्रस्थान गरेका हुन् ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>