समाचारआइतबार, जेठ २३, २०७३
सेभ द चिल्ड्रेनको ‘एभ्री लास्ट चाइल्ड’ अभियान
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले विश्वव्यापी ‘एभ्री लास्ट चाइल्ड’ अभियान शनिबारबाट नेपालमा शुरु गरेको छ ।
सन् २०१६ देखि २०१८ सम्म चल्ने अभियान अन्तर्गत पिछडिएका क्षेत्रका बालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षणको अधिकार स्थापित गर्न सहयोग गरिने संस्थाले जनाएको छ ।
पहिलो चरणमा सप्तरी, कपिलवस्तु, अछाम र बाजुरा जिल्लामा अभियान सञ्चालन गरिने छ ।
१३ देखि १८ वर्षका बालिकालाई विद्यालयमा टिकाईराख्न, गुणस्तरीय स्वास्थ्य सेवा दिनका साथै घर र समाजभित्र संरक्षण दिलाउन अभियानले काम गर्ने सेभ दि चिल्ड्रेनका पैरवी तथा सञ्चार निर्देशक सुदर्शन श्रेष्ठले बताए ।
बालविवाह, सानो उमेरमै गर्भधारण, तथा घर र विद्यालयमा हुने हिंसाले बालिकाहरुमा असर पारेकोले अभियान चलाईएको सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक डेलाईला बोर्जा बताउँछिन् ।
संस्थाका अनुसार ४० करोड बालबालिका धार्मिकता तथा जातियताका आधारमा विभेद खेप्न बाध्य छन् ।
संस्थाको विश्वव्यापी अभियान अन्तर्गत नेपालको राष्ट्रिय बजेटमा बालबालिकाको लागि शिक्षा, यौन तथा प्रजनन् स्वास्थ्य र संरक्षणमा छुटाइने खर्चमा ५ प्रतिशत वृद्धिको लागि पैरवी गरिने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
