समाचारआइतबार, जेठ २३, २०७३

प्रम ओली सङ्गीतकार गुरूङको स्वास्थ्यस्थिति बुझ्न अस्पतालमा

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति बुझ्न आज धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।

अपराह्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।

ओलीले सङ्गीतकार गुरुङलाई सरकारले जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गुरुङका सहयोगी रतन चन्दले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीले त्यहाँ करिब २० मिनेट बिताएका थिए । अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत छन् । भेन्टिलेटरमा राखी उपचार भइरहेको उनको स्वास्थ्यस्थिति शुक्रबार बिहान गम्भीर भए पनि शनिबार सामान्य सुधार आएको थियो ।

चन्दले उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भने – “अहिले उहाँको स्वास्थ्यस्थिति हिजो(शनिबार)कै जस्तो सामान्य छ ।”

गुरुङ गए राति १:३० बजे एक्कासि बेहोस भएपछि कृत्रिम श्वासप्रश्वास दिएर राखिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>