समाचारआइतबार, जेठ २३, २०७३
बाराः दुई दशक अघिदेखिको अतिक्रमण हटाईयो

तस्वीर: श्याम गुप्ता
बाराको गढीमाई नगरपालिकाले जीतपुरमा रहेको सार्वजनिक जग्गामा अतिक्रमण गरी दुई दशक अघिदेखि बनाइएको घर–टहरा भत्काएको छ ।
गौशालाको सार्वजनिक जग्गामा अतिक्रमण गरी स्थानीयहरुले बनाएको घर टहरालाई नगरपालिकाले २३ जेठमा भत्काएको हो ।
एक हप्ता अगाडिदेखि सूचना गरेको नगरपालिकाले अतिक्रमित जग्गामा अवैध रुपमा बनाइएको घर टहरालाई भत्काउन थालेपछि स्थानीयले बिरोध गरेका थिए ।
स्थानीय सुगन्धी पासवानले चुलोमा भात बसालेको केही बेरमै नगरपालिकाको डोजर आइपुगेपछि ‘भात पाक्न दिनुहोस्’ भन्दा पनि नदिएको भन्दै गुनासो गरिन् । “आज छोराछोरी भोकै स्कुल गएका छन्,” उनले भनिन् ।
नगरपालिकाको सूचना आफूलाई एकहप्ता अघि नै प्राप्त भए पनि घरमा श्रीमान नहुँदा टहरामै बस्नु परेको उनले बताइन् ।
गौशालाको सार्वजनिक जग्गामा बिगत दुई दशकदेखि स्थानीयले घर–टहरा बनाएर रक्सी भट्टी, मासु पसल, किराना पसल लगायतका बिभिन्न ब्यवसाय सञ्चालन गर्दै आएका थिए ।
सार्वजनिक जग्गामा भएको अतिक्रमण खाली गराइएको नगरपालिकाका कार्यकारी अधिकृत नाथु साहले बताए ।
श्याम गुप्ता, बारा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
