समाचारआइतबार, जेठ २३, २०७३

विमस्टेक सम्मेलन नेपालमै: परराष्ट्र मन्त्रालय

हिमालखबर

BIMSTEC.9नेपालमा आयोजना गरिने विमस्टेकको चौथो शिखर सम्मेलनका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट हालै प्रकाशित समाचारप्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले सन् २०१४ मार्चमा म्यान्मारको ने पि तमा सम्पन्न तेस्रो शिखर सम्मेलनपश्चात् नेपालले विमस्टेकको अध्यक्षता ग्रहण गरेको र अध्यक्ष राष्ट्रको हैसियतले आगामी चौथो शिखर सम्मेलनको आयोजना नेपालले नै गर्ने जनाएको छ ।

मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिमार्फत नेपालले विमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गर्ने विषय आगामी आवको नीति तथा कार्यक्रममा समावेश भइसकेको सन्दर्भमा नेपाल सरकारले उक्त सम्मेलन आयोजना गर्न नसक्ने अर्थ लाग्ने गरी प्रकाशित समाचारप्रति सरकारले खेद प्रकट गरेको छ ।

साथै, नेपाल सरकार उक्त शिखर सम्मेलन समयमै सम्पन्न गर्न प्रतिबद्ध एवम् सक्षम रहेको र सदस्य राष्ट्रसँग परामर्श गरी शिखर सम्मेलनको मिति घोषणा गरिने पनि मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>