समाचारआइतबार, जेठ २३, २०७३

साझाका तीस बस भदौमा आइपुग्ने

हिमालखबर

साझा यातायातले ल्याउन लागेको ३० वटा नयाँ बस आगामी भदौको तेस्रो साता काठमाडौं आइपुग्ने भएको छ ।

साझा यातायात र भारतीय बस निर्माता कम्पनी अशोक ल्यान्डबीच गत चैतमा भएको सम्झौताअनुसार कम्पनीले आगामी भदौको तेस्रो साता ती बस साझालाई बुझाउनुपर्ने काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । साझामा काठमाडौँ महानगरपालिकाको शेयर लगानी छ ।

अब आउने बस ८० सीट क्षमताको हुने र सबै बस अपाङ्गमैत्री हुने पनि साझा यातायातले जनाएको छ । त्यस्तै बसमा स्वचालित ढोका, सिसिटिभी क्यामेरा, टेलिभिजनलगायत सुविधा हुनेछ । तीसवटा बस थपिएसँगै साझासँग ४६ वटा बस हुनेछ ।

यसैबीच भारतको मुम्बइस्थित अशोक ल्याण्डको कारखानामा बन्दै गरेको बसको विभिन्न भागको अवलोकनका लागि एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>