Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अडिटर्स एसोसिएसनको अध्यक्षमा पुनः रेग्मी - Himalkhabar.com

थप समाचारआइतबार, जेठ २३, २०७३

अडिटर्स एसोसिएसनको अध्यक्षमा पुनः रेग्मी

हिमालखबर

लेखा व्यवसायीको पेसागत छाता सङ्गठन नेपाल अडिटर्स एसोसिएसन (अडान) को अध्यक्षमा पुनः मोहनराज रेग्मी निर्वाचित भएका छन् ।

निर्वाचित भएपछि अध्यक्ष रेग्मीले नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन संशोधन प्रक्रियामा रहेको, त्यसमा पेसाप्रतिको विभेद हटाउनमा लाग्ने र पेसाको मर्यादालाई अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

चौथो राष्ट्रिय अधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार रेग्मी २७५ मत प्राप्त गरी विजयी भएका हुन्हु । उनका प्रतिद्वन्द्वी मोहन सुवेदीले ७२ मत प्राप्त गरेका थिए ।

एसोसिएसनको ६८ सदस्यीय केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद अधिकारी र प्रथम उपाध्यक्षमा कृष्ण पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, उपाध्यक्ष प्रदेश नं १ बाट प्रकाशनारायण चौधरी, २ बाट बद्री भट्टराई, ३ बाट केदारनाथ पौडेल, उपत्यकाबाट दिनकरमानसिंह प्रधान, ४ बाट केशबहादुर केसी, ५ बाट अब्दुल करिम खां, ६ बाट हिमालय खत्री र ७ बाट कर्णबहादुर खडायत निर्वाचित भएका छन् ।

महासचिवमा डोलप्रसाद दाहाल, उपमहासचिव मिरा श्रेष्ठ र झलकमणि लम्साल निर्विरोध निर्वाचित हुनुभयो । आठवटा सचिव पदमा गणेशराज राई, बलराम चौधरी, जयाकुमारी झा, सावित्री शर्मा, पोषराज नेपाल, गोबिन्दराज रेग्मी, भरतकुमार श्रेष्ठ, राजेन्द्र ढुङ्गाना निर्वाचित भएका छन् भने कोषाध्यक्षमा केशव आचार्य र सहकोषाध्यक्ष प्रदीप यादव निर्विरोध निर्वाचित भएको चौथो राष्ट्रिय महाधिवेशन प्रचार विभाग प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

केन्द्रीय सदस्यमा प्रदेश नं १ बाट महानन्द शर्मा गुरागार्इं, जयधर्म खनाल, राजनप्रसाद ढकाल, प्रदेश नं २ बाट मेघराज पौड्याल, शोभाकान्द झा, शिशिरचन्द्र गौतम, प्रदेश नं ३ बाट रामजी अधिकारी, रोहितकुमार झा, उपत्यकाबाट भोलानाथ पाठक, गोविन्द खतिवडा, चन्द्रभक्त श्रेष्ठ, झनकराज ढुङ्गेल, प्रदेश नं ४ बाट नारायणप्रसाद शर्मा, चन्द्रबहादुर सुवेदी, प्रदेश नं ५ बाट वीरेन्द्र महरा, गणेश पहाडी, गोकर्ण आचार्य, प्रदेश नं ६ बाट बलराम रेग्मी, प्रदेश नं ७ बाट वासुदेव जोशी, हेमनारायणलाल देव निर्वाचित भएका छन् ।

महाधिवेशनले लेखापरीक्षकका सबैखाले विभेद अन्त्य गर्न माग गर्दै १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा ‘एक व्यक्ति एक पेसा’ लागू गर्ने समय पर सार्न, रजिस्टर्ड लेखापरीक्षक पनि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको अध्यक्ष, उपाध्यक्ष हुन पाउने र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका सबै सदस्यले सबै पार्षद्लाई मत हाल्न पाउनुपर्ने गरी कानुन संशोधन गर्न, लेखापरीक्षकलाई मतियारका रुपमा गरेको व्याख्या हटाउनलगायतका माग अघि सारेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>