समाचारआइतबार, जेठ २३, २०७३

संविधान कार्यान्वयनका लागि गम्भीर होऊः पूर्वराष्ट्रपति यादव

हिमालखबर

पूर्व राष्ट्रपति रामवरण यादवले संविधान कार्यान्वयनका लागि राजनीतिक दलहरुलाई गम्भीर हुन आग्रह गरेका छन् ।

दाङको घोराहीमा २३ जेठमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले राजनीतिक अस्थिरताका कारण देश अघि बढ्न नसकेको भन्दै राजनीतिक दलहरु एकताबद्ध भएर संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

राजनीतिक एकताकै कारण मुलुकमा संविधान जारी भएको भन्दै उनले थपे, “दलीय एकता बिना संविधान कार्यान्वयन हुँदैन, संविधान कार्यान्वयनसँगै मुलुकलाई समृद्धिको बाटोतर्फ लैजाने मुद्दामा दलहरु केन्द्रीत हुनुपर्छ ।”

उनले हिमाल पहाड र तराईलाई जोड्न ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ ल्याइएको बताउँदै चुरे क्षेत्रको विनास हँुदै गएकोमा चिन्ता व्यक्त गरे ।

पूर्व राष्ट्रपति यादवले मधेशको समस्या समाधान गर्न पनि दलहरु गम्भीर हुनुपर्ने बताएका थिए ।

“मधेशको समस्या राष्ट्रिय समस्या हो, सम्वोधन नगरिए देशले निकास पाउँदैन,” उनले भने, “यसका लागि पनि दलहरु गम्भीर हुनुपर्छ ।”

विश्व वातावरण दिवसका अवसरमा नेपाल पत्रकार महासंघ, दाङले घोराहीमा आयोजना गरेको ‘दाङको वातावरण संरक्षणमा सरोकारवालाको भूमिका” विषयक अन्तरक्रियामा यादव सहभागी भएका थिए ।
निशानदाजु भट्टराई, दाङ्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>