समाचारसोमबार, जेठ २४, २०७३

संगीतकार गुरुङको अवस्था गम्भीर

हिमालखबर

एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत वरिष्ठ संगीतकार अम्मर गुरुङको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

एक साताअघि घरमा रहेका बेला बेहोस भएपछि अस्पताल भर्ना गरिएका उनको अवस्था चिन्ताजनक रहेको उनका छोरा राजु गुरुङले जानकारी दिए ।

“बुवालाई भेन्टिलेटरमा राखिएको छ अहिले, अवस्था गम्भीर छ,” हिमालखबरसँग विहान साढे १० बजे कुरा गर्दै राजुले भने, “बाहिर अन्यथा समाचार गएको रहेछ, प्रष्ट पारिदिनुहोला ।”

पार्किन्सन, मधुमेह, उच्चरक्तचापका विरामी ७९ वर्षीय गुरुङलाई पछिल्लो समय भोजन नलीमा समस्या देखिएको थियो । गुरुङ्को अवस्था गम्भीर भएको र उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालका सूचना अधिकृत विनोद अधिकारीले पनि बताए ।

गुरुङले सयौं नेपाली गीतहरुमा कालजयी संगीत दिनुका साथै  गाएका पनि छन् । नेपाली राष्ट्रिय गानमा समेत उनकै संगीत छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>