समाचारसोमबार, जेठ २४, २०७३

नेदरल्याण्ड्स जाने तयारी थाल्न आइसीसीको निर्देशन

हिमालखबर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेदरल्याण्ड्स भ्रमणको तयारी थाल्न पत्र पठाएको छ ।

आइसीसीले विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तर्गत नेदरल्याण्डसँग हुने खेलका लागि आइसीसीका तर्फबाट स्थानीय स्तरमा समन्वयको जिम्मा निलम्बित क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेलाई तोकेको छ ।

त्यसैगरी खेलाडी छनोटको जिम्मा प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कालाई दिएको छ भने छनोटमा आइसीसीका एशिया डेभलपमेन्ट अफिसर राजु बैंकटपति (भारतका पूर्व खेलाडी) सल्लाहकारको भूमिकामा रहनेछन् ।

यसअघि काठमाडौंमा भएको नामिबियासँगको खेलमा पनि आईसीसीले यही प्रक्रिया अपनाएको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेपालले २९ र ३१ साउनमा नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा खेल्नेछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>