समाचारसोमबार, जेठ २४, २०७३
आफूलाई ‘अवतारी लामा’ भन्दै लाखौं नगद र सुन ठग्ने पक्राउ
पाँचथरको फिदिममा आफूलाई ‘अवतारी लामा’ भन्दै स्थानीयबाट रु १८ लाखभन्दा धेरै ठगी गरेर बेपत्ता भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचथरको फिदिम र आसपासबाट १८ तोला सुन र रु ५ लाख भन्दा धेरै ठगेर वेपत्ता भएका तेन्जीघिसिङ भुटियालाई २२ जेठमा प्रहरीले तनहुँको डुम्रेबाट पक्राउ गरेको हो ।
भुटियालाई २३ जेठमा पाँचथर पुर्याएर प्रहरीले सार्वजनिक गरेको छ । उनीबाट सुन–चाँदीका गहना र रु १ लाख ५८ हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
को हुन भुटिया ?
प्रहरीका अनुसार पक्राउ परेका भुटिया भारतको कालिम्पोङको दशमाइलका वासिन्दा हुन् ।
कक्षा तीनसम्म मात्रै औपचारिक अध्ययन गरेका उनले १६ वर्ष बौद्ध धर्मसम्बन्धी शिक्षा लिनुका साथै जडिबुटीसम्बन्धी ज्ञान र तान्त्रिक विद्या जानेको प्रहरीलाई बयान दिएका छन् ।
यसअघि काठमाडौंको कलंकी, नुवाकोट, सिन्धुपालचोकको हेलम्बु र उदयपुरको गाइघाटमा समेत ठगी गरेका उनी विरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतले तीनवर्ष कैद सजाय सुनाएको थियो ।
सिन्धुपाल्चोक कारागारमा रहेका उनी गत वर्षको भूकम्पका बेला जेलबाट भागेर भारतस्थित घर पुगेका थिए ।
आफूलाई अवतारी बताउँदै लाखौं ठगी
त्यसपछि केही महीनाअघि नेपाल फर्किएका उनले उदयपुरको गाइघाटस्थित बुर्कीका २ वटा घरवाट करिब रु १५ लाख ठगी गरेका थिए ।
लक्ष्मी गौतम, पाँचथर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
