थप समाचारसोमबार, जेठ २४, २०७३

सगरमाथामा भारतीय प्रहरी दम्पतीको नयाँ कीर्तिमान

हिमालखबर

भारतीय प्रहरी दम्पतीले सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको छ ।

महाराष्ट्र प्रहरीमा कार्यरत हवल्दार (कन्स्टेबल) द्वय दिनेश चन्द्रकान्त र तरकेश्वरी राठौरले एकै पटक एउटै समयमा सँगै सगरमाथा चढेका हुन् ।
मकालु एडभेन्चरबाट गएको आरोही दम्पतीले गत १० जेठमा सगरमाथाको सफल आरोहण गरेको थियो । उनीहरु सगरमाथा सँगै अरोहण गर्ने सुरक्षा निकायका पहिलो दम्पती बनेको मकालु एडभेन्चरको दाबी छ ।

आरोही दम्पतीलाई फुर्वा शेर्पा र फुसेम्बा शेर्पाले सगरमाथाको चुचुरामा पुग्न सहयोग गरेका थिए । मकालु एडभेन्चरले योजना गरेको पत्रकार सम्मेलनमा आरोही दम्पतीले सगरमाथाको चुचुरामा पुग्ने आफ्नो सपना साकार भएको बताए ।

८ वर्षअघि विवाह गरेका उनीहरुले सगरमाथा आरोहणपछि मात्रै सन्तान जन्माउने अठोट गरेका थिए । “सगरमाथाको चुचुरोमा पुग्दाको खुसी शब्दमा व्याख्या गर्न सकिँदैन । हाम्रो सपना पूरा भएको छ, अब बाँकी अभियान पूरा गर्छौं,”– दुवै ३० वर्षेले आरोहण अनुभव सुनाए ।

यस मौसममा भारतबाट मात्रै करिब ७० जना आरोहीले सगरमाथा चढेका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>