समाचारमंगलबार, जेठ २५, २०७३
अम्बर गुरुङको निधन, पार्थीब शरीर ११ देखि ३ बजेसम्म प्रज्ञा भवनमा राखिने
बरिष्ठ संगीतकार अम्बर गुरुङको पार्थीब शरीर श्रद्धाञ्जलीका लागि विहान ११ देखि दिउँसो ३ बजेसम्म प्रज्ञा भवनमा राखिने भएको छ ।
बिहान २ः३७ बजे गुरुङको निधन भएपछि पत्रकार सम्मेलन गर्दै आजै अन्तिम संस्कार गरिने जानकारी गराइएको छ ।
……..
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको भेन्टिलेटरमा राखेर गुरुङको उपचार हुँदै आएको थियो ।
अस्पतालका जनसम्पर्क तथा सञ्चार व्यवस्थापक विनोद अधिकारीले उपचारमा संलग्न चिकित्सक डा.चक्रराज पाण्डेलाई उद्धृत गर्दै भने, “उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर एक्कासि मुटुको चाल घट्यो । मुख्य कुरा बुढ्यौलीमा हुने शारीरिक कमजोरीका कारण उहाँको निधन भएको हो ।”
भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्यासँग जुधिरहेका गुरुङको केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । यसअघि उनको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।
भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उनले नेपाली गीतसङ्गीतमा योगदान गरेका छन् ।‘रातो र चन्द्रसूर्य’,‘नौ लाख तारा उदाए’, ‘म अम्बर हुँ, तिमी धर्ती’ लगायत करिब हजार गीतमा उनले सङ्गीत भरेका छन् । उनी गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए । जनजीवनमा उनलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो ।
उनी नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति रहेका उनको श्रीमती, तीन छोरा र एक छोरी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
