समाचारमंगलबार, जेठ २५, २०७३

सङ्घीय गठबन्धनद्वारा पालैपालो अनशन

हिमालखबर

सङ्घीय गठबन्धनद्वारा पालैपालो अनशन
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आन्दोलनको स्वरुप परिवर्तन गरी रिले अनशन थालेको छ ।

विभिन्न चरणमा तराई र काठमाडौँमा विरोधका कार्यक्रम गर्दै आएको गठबन्धनले २५ जेठदेखि खुलामञ्चमा अनशनमा शुरु गरेको हो हो । विगतदेखि उठाउँदै आएका आफ्ना माग सरकारले सम्बोधन नगरेपछि थप दबाबस्वरुप अनशन बसेको गठबन्धनले जनाएको छ ।

गठबन्धनले गत महिनाको पहिलो हप्तादेखि राजधानीकेन्द्रित आन्दोलन थालेको थियो । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले गठबन्धनले राखेका माग सुनुवाइ नगरेपछि रिले अनशन बसेको बताए ।

रिले अनशनमा मोर्चाका शीर्ष नेता उपेन्द्र यादव, अशोककुमार राई, रेणु यादव, शरत्सिंह भण्डारी लगायतको सहभागिता छ । संविधानमा सङ्घीय प्रदेश सीमाङ्कन लगायत विषयमा असन्तुष्टि जनाउँदै आएको गठबन्धनमा मोर्चासहित २९ दल आबद्ध छन् ।

प्रत्येक दिन एक दलबाट एक जनाका दरले अनशन बस्ने गठबन्धनले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>