वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्तिम संस्कार गरिने भएको छ ।
उनका माहिला छोरा राजुका अनुसार पशुपति आर्यघाटमा हिन्दू र बौद्ध दुवै विधिबाट अन्तिम संस्कार गर्ने तयारी गरिएको छ ।
गत हप्तादेखि ग्रान्डी अस्पतालमा उपचारत गुरुङको विहान २ः३७ बजे निधन भएको थियो ।