समाचारमंगलबार, जेठ २५, २०७३

संगीतकार गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

हिमालखबर

तस्वीर: रासस

तस्वीर: रासस

वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आज, २५ जेठ साँझ पशुपति आर्यघाटमा हिन्दू र बौद्ध विधिअनुसार गुरुङको अन्तिम संस्कार गरिएको हो ।

पार्थिव शरीरमा जेठा छोरा किशोरले दागबत्ती दिए भने त्यसबेला बौद्ध लामाले मन्त्रोच्चारण गरेका थिए ।

राष्ट्रगानका सङ्गीतकार गुरुङप्रति उपप्रधान, तथा रक्षामन्त्री भीमबहादुर रावलले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गरे ।
त्यस्तै नेपाली सेना र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए ।

यसअघि पार्थिव शरीरलाई बिहान ११ बजेदखि अपराह्न ३ बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो ।

उनको उपचारका क्रममा आज बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो ।

गुरुङको अन्तिम बिदाइमा गीत–सङ्गीत क्षेत्रका व्यक्ति र हजारौँ सर्वसाधरण सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>