समाचारमंगलबार, जेठ २५, २०७३
केडिया अपहरण प्रकरणः नेविसंघका केन्द्रीय सदस्य यादव पक्राउ
वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरण प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ ।
प्रहरीले नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विरेन्द्र यादवलाई बाराको बरियारपुरबाट २५ जेठ दिउँसो पक्राउ गरेको हो ।
केही दिनदेखि फरार रहेका भनिएका यादवलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिए पनि यसबारे प्रहरीले सार्वजनिक जानकारी दिएको छैन ।
बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले यादव पक्राउ परेको या नपरेको बारेमा केही बताउन चाहेनन् ।
“भोलि ११ बजे कलैयामा पत्रकार सम्मेलन राखेका छौं,” उनले भने, “कसरी केडियाको अपहरण भयो ? को–को संलग्न थिए ? सबै जानकारी दिनेछौं ।” उनले अपहरणमा संलग्न सबै पक्राउ परिसकेको पनि बताए ।
हतियारधारी समूहले बाराको बघवनबाट १३ जेठ साँझ गाडी चालक वीरगञ्ज विन्धबासीनीका श्यामउमेश साहलाई गोली हानी केडियाको अपरहण गरेको थियो भने १६ जेठमा उनी भारतको मोतीहारीबाट अपहरण मुक्त भएका थिए ।
केडियाकोे अपहरण मोतिहारी जेलमै रहेका बब्लु दुवे समूहले गरेको दावी गरिएको भारतीय प्रहरीले जनाएको थियो ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
