समाचारमंगलबार, जेठ २५, २०७३

प्रमुख दल नै संविधान कार्यान्वयनमा बाधकः उपप्रधानमन्त्री थापा

हिमालखबर

kamal thapaउपप्रधानमन्त्री एवम् राप्रपा नेपाल अध्यक्ष कमल थापाले संविधान जारी गर्ने प्रमुख दल नै अहिले सत्ता परिवर्तन गर्ने खेलमा लागेकाले संविधान कार्यान्वयनमा बाधक देखिएको बताएका छन् ।

अध्यक्ष थापाले हेटौँडामा राप्रपा नेपाल मकवानपुरको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै अहिले सत्ता हेरफेरभन्दा पनि संविधान कार्यान्वयन गर्न सबै दलले ध्यान दिनुपर्ने बताए ।

उनले प्रमुख दलहरुले आपसी विवादलाई त्यागेर जनताको आर्थिक स्तर वृद्धि गर्न संविधान कार्यान्वयन र स्थायित्वको एकजुट हुनुपर्ने बताए ।

अध्यक्ष थापाले १८ वर्षदेखि स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माणका काम हुन नसकेको यथार्थलाई ध्यानमा राखेर स्थानीय निकायको निर्वाचन गर्न प्रमुख दल विभाजित हुन नहुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>