समाचारबुधबार, जेठ २६, २०७३

प्रमुख तीन दल एक ठाउँमा आउनुपर्छः थापा

हिमालखबर

Gagan-Thapa-copyनेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान पूर्ण कार्यान्वयनका लागि तीन वटै दल एक ठाउँमा आउनु पर्ने बताएका छन् ।  २५ जेठमा नेपाल तरुण दल जिल्ला कार्यसमिति मुगुको चौथो जिल्ला अधिवेशन उद्घाटन गर्दै क्रममा थापाले यस्तो धारणा राखेका हुन ।

नेता थापाले निर्धारित डेढ वर्षमा तीनवटै निवार्चन नसके देश गम्भीर अवस्थामा फस्न सक्ने बताए ।  यसका लागि पनि कम्तिमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक ठाउँमा आउनु पर्नेमा थापाको जोड थियो ।

आन्दोलनरत मधेसी दलका जायज माग पूरा गरी उनीहरुलाई पनि विकासको मूलधारमा ल्याउनुपर्ने थापाको सुझाव छ ।

प्रर्याप्त प्राकृतिक साधन, स्रोत भएको राराको पर्यटन विकासमा दीर्घकालीन गुरुयोजना आवश्यक भएकोे र त्यसका लागि आफू लागिपर्ने समेत  थापाले कार्यक्रममा प्रतिबद्धता जनाए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>