समाचारबुधबार, जेठ २६, २०७३
बुटवलमा तीन बसमा आगजानी
बुटवलको गोलपार्कमा पार्किंगमा राखिएका तीन वटा बस आगजनीबाट ध्वस्त भएका छन् । गएको मध्यराती १२ बजेतिर बसमा आगजनी भएको स्थानीयले बताएका छन् ।
पश्चिम नेपाल बस व्यवसायी समितिका लु १ ख ३९९६, लु १ ख ६८७९ र लु १ ख ६९२६ नम्बरका बसमा आगजनी भएको हो । तीनमध्ये दुई बस कामै नलाग्ने गरी ध्वस्त भएका छन् ।
दुई वटा बस ध्वस्त बन्दै गएपछि प्रहरी र स्थानीयले तेश्रो बसको आगो निभाउने प्रयास गरेका थिए । ईलाका प्रहरी कार्यलय, बुटवलका डिएसपी महेन्द्र खड्काले आगजानी कसले ? किन गर्यो ? अझैसम्म खुल्न नसकेको बताए ।
दीपक ज्ञवाली, बुटवल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
