अर्थ/बजारबुधबार, जेठ २६, २०७३

इटहरीमा जियोनिको शोरुम, एम–फाइभ बजारमा

हिमालखबर

 इटहरीमा जियोनिको शोरुम, एम–फाइभ बजारमा
मोवाईल ब्राण्ड जियोनीले इटहरीमा शोरुम खोलेको छ । मिस नेपाल आस्मी श्रेष्ठले २५ जेठमा उद्घाटन गरेको यो शोरुममा जियोनिका सबै मोडेल उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसै अवसरमा जियोनिले एम–फाइभ मिनी नेपालमा ल्याएको छ । ठूलो ब्याट्री रहने म्याराथन सिरिजको एमफाइभ मिनीमा ५ इन्चको स्क्रिन रहेको छ ।

एम–फाइभमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । फोनमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर छ । ४००० एमएएचको ब्याट्री रहेको यसमा २ जिबि र्याम र १६ जीबि रोम कार्डबाट १२८ जीबि थप्न सकिन्छ । एमफाइभ रु. १६ हजार ९९९ मा उपलब्ध छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...