Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मन्त्रिपरिषद् बैठकः उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत - Himalkhabar.com

समाचारबुधबार, जेठ २६, २०७३

मन्त्रिपरिषद् बैठकः उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत

हिमालखबर

sarkar3सरकारले उपराष्ट्रपति नन्दबहादुर पुनको आगामी चीन भ्रमण स्वीकृत गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति पुनको आगामी २८ जेठदेखि २ असारसम्म हुने चीनको औपचारिक भ्रमणलाई स्वीकृत गरेको हो । उपराष्ट्रतिमा निर्वाचित भएयता पुनको यो पहिलो विदेश भ्रमण हो ।

त्यसैगरी सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिँचाइ र सिँचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरुवा गर्ने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्फेक्सन समूह अधिकृत एघारौँ तहमा भोगेन्द्रराज डोटेल, झलकशर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा गरी नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले थाइल्यान्डमा उपचार गराउँदै आएका जनआन्दोलन २०६२/६३ का घाइते सिन्धु उप्रेतीको स्वास्थ्य उपचारका लागि रु १६ लाख ५६ हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम त्यहाँस्थित नेपाली राजदूतावासमार्फत सरकारले उपलब्ध गराउने छ ।

त्यसैगरी सम्पत्ति सुद्धिकरणसम्बन्धी नियमावली–२०७३ छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको उद्योगमन्त्री पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>