समाचारबिहीबार, जेठ २७, २०७३

चन्दका कार्यकर्ताले ट्याक्सी जलाए, ट्रकमा पेट्रोल बम प्रहार, साझा बस तोडफोड

हिमालखबर

sajhaनेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज राजधानीको जनजीवन प्रभावित भएको छ ।

बन्दका करण सार्वजनिक यातायातका साधन कम चलेका छन् भने निजी सवारीसाधन भने उल्लेखित मात्रामा चलेका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बन्द गराउँदै हिँडेका २१ जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

बन्दकर्ताले तीनकुनेमा एक ट्याक्सीमा आगजनी गरेका छन् भने दुईवटा साझा बसमा तोडफोड गरेका छन् । राजधानीको त्रिपुरेश्वर नजिक र एयरपोर्ट नजिक दुईवटा साझा बसमा चालकलाई ताकेर ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

ट्याक्सीमा आगो लगाएको आरोपमा माओवादीका मजदुर नेता र साझा बसमा तोडफोड गरी चालकलाई घाइते बनाउने मध्येका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी,  बन्दकर्ताले  रौतहटमा गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन्। बम प्रहारबाट ट्रकका चालक बलराम भण्डारी र सहचालक वसन्त मगर घाइते भएका छन्। उनीहरुको उपचार चन्द्रपुर अस्पतालमा भइरहेको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>