Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सार्क मुख्यसचिवस्तरीय बैठक काठमाडौँमा शुरु - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ २७, २०७३

सार्क मुख्यसचिवस्तरीय बैठक काठमाडौँमा शुरु

हिमालखबर

तस्वीर: आनन्दराम डंगोल

तस्वीर: आनन्दराम डंगोल

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का मुख्य सचिव (क्याबिनेट सेक्रेटरी) स्तरीय दुईदिने बैठक काठमाडौंमा शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उद्घाटन गर्दै सार्क क्षेत्रमा आर्थिक समृद्धि ल्याउनका लागि सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउनु आवश्यक रहेकामा जोड दिए ।

सार्क स्थापनाको तीन दशक पूरा हुँदा यस क्षेत्रको जनअपेक्षालाई अझ प्रभावकारी रुपमा सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “सार्कको क्षेत्रीय सहयोगलाई अझ बलियो बनाउँदै यसको अभिवृद्धि गर्नु जरुरी छ ।”

प्रधानमन्त्री ओलीले सार्क विकास कोषमार्फत यस क्षेत्रलाई पूर्वाधार विकासका लागि यातायात र सञ्चारमा थप अन्तरसम्बन्ध (कनेक्टिभिटी) गर्न, रोजगारीका अवसर सिर्जना गर्न जोड दिए ।

बैठकमा सार्कमा आबद्ध आठ देशका मुख्य सचिव तथा पर्यवेक्षक देशका उच्च अधिकृतको समेत सहभागिता छ ।
सार्कमा आबद्ध सदस्य देशका शासकीय अवस्था र अभ्यासका बारेमा मन्थन गर्दै यस क्षेत्रमा शासकीय सुधारमा भइरहेका प्रयास तथा साझा समस्या एवम् समाधानका विषयमा बैठकमा छलफल हुनेछ ।

गत वैशाखमा पोखरामा सम्पन्न सार्क मन्त्रीस्तरीय बैठकपछि यो बैठक काठमाडौँमा आयोजना भएको हो । पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनका लागि यी बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

यस किसिमका बैठकमा सदस्य देशले शासकीय सुधारमा अपनाइरहेका विधि र प्रक्रियाका बारेमा छलफल गर्दै सार्कको वडापत्र र सिद्धान्तलाई पूरा गर्न साझा विषयहरु पहिचान गरी कार्यान्वयनमा ल्याउने छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>