रमझमबिहीबार, जेठ २७, २०७३
पूर्व कुमारीको प्रेम जीवनमा आधारित फिल्म ‘गाजलु’
पूर्व कुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको फिल्म ‘गाजलु’ भोलि, २८ जेठदेखि प्रदर्शनमा आउने भएको छ ।
पूर्व कुमारीको मुख्य भूमिकामा सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ छिन् । यो उनको पहिलो चलचित्र हो ।
हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रमा अनमोल केसी, गौरव पहाडी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाहीलगायत कलाकारको अभिनय छ । मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रका निर्माता रोहित अधिकारी हुन् ।
चलचित्रको लेखकसमेत रहेका निर्देशक बिसीले चलचित्रमा सबै कम उमेरका कलाकारलाई आफूले लिएको र यसको कथावस्तु पनि यसअघि कसैले उठान नगरेका विषयको भएकाले दर्शकले मन पराउने आशा व्यक्त गरे । उनले भने, “नेपाली समाजको एउटा गम्भीर विषयवस्तुलाई उठाएको भए पनि यो रोमान्टिक प्रेमकथामा आधारित चलचित्र हो ।”
बिसीले यसअघि युवा पुस्तालाई लक्ष्य गरी ‘होस्टेल’, ‘जेरी’ जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
