समाचारबिहीबार, जेठ २७, २०७३

बन्दबाट कष्ट भयोः आयोग

हिमालखबर

राष्ट्रिय मानवअधिकार आयोगले नेकपा माओवादीले आह्वान गरेको बन्दले नागरिकको जनजीवन कष्टकर भएकामा चिन्ता व्यक्त गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले प्रेस विज्ञप्ति जारी गरी बन्दका कारण सवारी साधन नचलेपछि सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको तथा दैनिक रोजगारी लगायत शैक्षिक संस्था र कलकारखाना बन्द हुँदा विद्यार्थी र दैनिक मजदुरी गरेर खाने वर्ग बढी मारमा परेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विरोधका कार्यक्रम शान्तिपूर्ण र मर्यादित बनाउन बन्दकर्तालाई आग्रह गरिएको छ ।

‘‘बन्दले जनजीवन अत्यन्त कष्टकर हुने हुँदा यसतर्फ संवेदनशील बन्दै आपसी छलफल, संवाद र वार्ताको माध्यमबाट सहमति खोज्न आयोग नेपाल सरकार र बन्दकर्तालाई आग्रह गर्दछ’’ विज्ञप्तिमा भनिएको छ ।

आयोगले बन्दका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>