खेलकुदबिहीबार, जेठ २७, २०७३
कोहलपुरमा सम्पन्न यु–१७ क्रिकेटको उपाधि मध्यपश्चिमलाई

विजेता मध्यपश्चिम क्रिकेट क्लबका खेलाडीहरु । तस्वीरः केशव राना
कोहलपुरमा आज, २७ जेठमा सम्पन्न यु–१७ राष्ट्रिय टि–२० क्रिकेट लिगको उपाधि मध्यपश्चिम क्रिकेट क्लबले जितेको छ ।
फाइनल खेलमा मध्यपश्चिमले न्यू राईजर नेपालगञ्जलाई ४ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
टस जितेर पहिले ब्याटिङ्ग थालेको न्यू राईजरले १५ ओभर खेल्दै ९ विकेटको क्षतिमा १०७ रन बनाउन सफल भयो । जसका लागि सदाव अन्सारीले ३१ र शिव डाँगीले २५ रन जोडे ।
१०८ रनको लक्ष्य पछ्याएको मध्यपश्चिमले १३.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो । जसका लागि प्रनित थापाले ६ चौका र ३ छक्काको मद्दले अर्धसतकको पारी खेले ।
फाइनल खेलको म्यान अफ दी म्याच पनि मध्यपश्चिमका प्रनित थापा घोषित भए ।
बिजेता भएसँगै मध्यपश्चिमले रु ५१ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै उपविजेता न्यू राईजरले रु २१ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा बेस्ट बलर न्यू राईजरका उमेश चन्द, बेस्ट ब्याट्सम्यान मध्यपश्चिमका सामसुद्दिन अन्सारी, प्लेयर अफ दी सिरिज न्यू राइजरका पवन गुरुङ्ग, राईजिङ्ग प्लेयरद्वय मध्यपश्चिमका सामन्त शाही र नेपाल स्टारका संकेत पुन घोषित भएको आयोजकले जनाएको छ ।
२१ जेठबाट शुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका ७ टिमको सहभागिता थियो ।
बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी लगायतको उपस्थिति थियो ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
