समाचारशुक्रबार, जेठ २८, २०७३
उपराष्ट्रपति पुन चीन प्रस्थान
चीन सरकारको निमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान गरेका छन् । ११ सदस्य टोलीको नेतृत्व गर्दै २८ जेठ विहान ११ बजे चीनतर्फ प्रस्थान गरेकाे उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले हिमालखबरलाई जानकारी दिए । एयर चाइनको उडानबाट छेन्दु प्रस्थान गरेका उनी छेन्दुबा६ राती ११ः१५ बजे यून्नान प्रान्तको कुन्मिङ पुग्ने छन् ।
सात दिने भ्रमणका क्रममा उनले चौथो चीन–दक्षिण एसिया मेला, २४ औँ चीन–कुन्मिङ आयात निर्यात व्यापार मेला र सोही दिन चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उपराष्ट्रपति २ असारमा स्वदेश फर्कने छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
