अर्थ/बजारशुक्रबार, जेठ २८, २०७३

सामसङ्को ‘जे वान नेक्स्ट’ विनय

हिमालखबर

samsungसामसङ् स्मार्टफोन क्याफे नारायणघाटको ‘जे वान नेक्स्ट’ विजेता बिनय चौधरी बनेका छन् ।

उनले रु.७ हजार ९९० बराबरको सामसङ् जे वान नेक्स्ट मोबाइल प्राप्त गरेका छन् । उनी लक्की कुपन मार्फत विजेता छानिएको कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत सामसङ् स्मार्टफोन क्याफे, नारायणघाटमा सामसङ् स्मार्टफोन खरिद गर्ने ग्राहकले पाउने एउटा कुपनमा आफ्नो नाम, सम्पर्क तथा फोनको आईएमईआई नम्बर भर्नुपर्नेछ ।

त्यसरी कुपन भरेका मध्येबाट एक जनाले हरेक हप्ता लक्की ड्र मार्पmत एउटा सामसङ् ग्यालेक्सी जे वान नेक्स्ट मोबाइल उपहार पाउनेछन् । साथै, हरेक ग्राहकलाई खरिदमा ५ प्रतिशत छुटको ब्यबस्था पनि रहेको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...