समाचारशुक्रबार, जेठ २८, २०७३
चालक निदाउँदा दुर्घटना, दुई प्रहरी जवानको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पिलुवा चोकमा भएको सवारी दुर्घटनामा दुई जना प्रहरी जवानको मृत्यु भएको छ ।
दुर्घटनामा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवानद्वय महोत्तरी बनौलीका ३१ वर्षीय मनिष मिश्र र दोलखाका कुमार तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
२८ जेठ दिउँसो पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ८७६६ नम्बरको कार र पश्चिमबाट पूवतर्फ जाँदै गरेको ना २२ प ९६५० नम्बरको मोटरसाइकल पिलुवा चोकमा एक आपसमा ठोक्किँदा घटनास्थलमै उनीहरुको मृत्यु भएको थियो ।
कार्यालयको कामका लागि गएका जवानहरुको चलकको लापरबाहीले गर्दा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
“चालक निदाएकोले दुर्घटना भएको हो,” उनले भने, “कारले मोटरसाईकललाई झण्डै ७० फिटसम्म घिसारेको छ ।”
निकै सक्रिय सहकर्मी जवानहरुकोे मृत्युले पर्सा प्रहरी दुःखी भएको उनले बताए ।
प्रहरी जवानद्वयकोे शव पोष्टमार्टमाका लागि नारायणी उपक्षेत्रीय अस्पालमा राखिएको छ । कारका चालक सामान्य घाइते भएका छन् । ठक्कर दिने कारलाई भने ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।
सुरेश बिडारी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
