थप समाचारशनिबार, मंसिर २३, २०६९

यसरी बन्यो ‘हु विल वि अ गोर्खा’

Rishiram Kattel


रातो मछिन्द्रनाथ,  हामी कुनाका मान्छे, सर्चिङ फर रियाल, लडाइमा जनतालगायतका डकुमेन्ट्रीका लागि प्रशंसित केसाङ छेतेन संगको संक्षिप्त कुराकानी ।

गोर्खा भर्तीकै विषय किन छान्नुभयो ?

नेपालीका लागि साँच्चिकै रुचिकर विषय हो, यो । यो विषय नेपालको ठुलै कहानी पनि हो । पुरुष केन्द्रित विषय जस्तो, फुटबल टिम, वेद पढ्ने बाहुन आदिमाथि म्यान एट वर्क नामको फिल्मका लागि काम गरिरहेको बेला गोर्खा भर्ती जाने खोज्नेहरुको चरित्र रोचक लागेर छुटै डकुमेन्ट्री बनाएँ ।

गोर्खाली लाहुरेहरुको कथाको सानो अंश मात्र समेट्नु भएछ नी ?
लाहुरेको गाथा धेरै छ, तर मलाई उनीहरु भर्ती हुँदाको विषय रमाइलो लाग्यो ।

कति समय लाग्यो यो बनाउनलाई ?
एक वर्षभन्दा बढी । ६ महिना त भर्ती हुने समय नै लाग्छ । करिब ८० घण्टाका दृष्य खिचेर यो फिल्मको रुप दिन १५ महिना जति लाग्यो ।

ब्रिटिसहरुले क्याम्पभित्रको फोटो खिच्न त दिँदैन डकुमेन्ट्री नै बनाउन कसरी दियो ?
अनुमती पाउन निकै कठिन भयो । एकजना साथीमार्फत बल्ल–बल्ल बेलायतबाटै अनुमती लिएर खिचेँ । भर्ती गर्न पैसा खान्छन् भन्ने बजारे हल्ला निवारण गर्न सहायक हुन्छ भनेर मलाई सहयोग मिलेको हुन सक्छ ।

भर्ना प्रक्रियाका सवै कुरा डकुमेन्ट्रीमा आएका छन् त ?
छोटो प्रकृयामा सवै कुरा आउँछ भन्ने त हैन, तर देखेका कुरा सवै आएका छन् । उनीहरुले पनि सवै कुरा राम्ररी पस्केको भनेर प्रसंसा गरे ।

बेलायती सेनामा जान पैसाको चलखेल हुन्छ भन्ने कुरामा सत्यता छ जस्तो लाग्छ ?
लाग्दैन, तर मेरै कुरा अन्तिम सत्य हो पनि भन्दिन ।

डकुमेन्ट्री प्रर्दशन पछि कस्तो प्रतिक्रिया पाइरहनु भा’छ ?
धेरै राम्रो प्रतिक्रिया पाएको छु ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>